Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै दलको साझा जिम्मेवारीः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै दलको साझा जिम्मेवारीः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी


  • 932
    Shares

    लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै दलको साझा जिम्मेवारीः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागि भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन् । 

    नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि  आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताएका छन्। 

    मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले आउँदो निर्वाचनमा प्रतिष्पर्धामा सहभागि नहुने दलहरु लक्ष्मणरेखाभन्दा बाहिर रहने पनि टिप्पणी गरेका छन्। उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरुलाई आग्रह पनि गरेका छन्।
     
    उनले भने, ‘हामीसँग अहिले आएको दाियत्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरु प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मणरेखाभन्दा बाहिर रहन्छौं । त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने  पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनुभएको छ  यहाँहरुलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु ।’ 

    उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गरेका छन्। 

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १४:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij