२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा नेतृत्वको टोलीले आयोग पुगेर दल दर्ताको निवेदन दिएको हो ।
नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका छन् ।
दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij