२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेताहरू फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।
सोमबार अपराह्न सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका हुन् ।
दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको बताइएको छ । सोही पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको छ ।


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij