२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । सिंगापुरमा थप उपचारका लागि भन्दै पत्नी आरजु राणाको साथमा देउवा सिंगापुर गएका हुन् ।
गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका छन्।
देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए । तर, यता विमानस्थलमा हिँडेरै गएका देउवा उता सिंगापुर पुग्दा भने ह्विलचियरमा देखिए । चांगी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा देउवामात्रै नभएर उनिकी पत्नी आरजु समेत ह्विलचियरको सहारामा बाहिरिएका छन् ।
जेनजी आन्दोलनमा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij