Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

सर्वोच्चको वेबसाइट डेढ महिनापछि आयो सञ्चालनमा

सर्वोच्चको वेबसाइट डेढ महिनापछि आयो सञ्चालनमा


  • 694
    Shares

    सर्वोच्चको वेबसाइट डेढ महिनापछि आयो सञ्चालनमा
    images

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि बन्द भएको वेबसाइट सोमबारबाट अवस्थामा सञ्चालनमा आएको छ । करीब डेढ महिनादेखि बन्द रहेको वेबसाइट सर्वोच्च अदालतको सूचना-प्रविधि महाशाखाले  पूर्ववत् रूपमा सञ्चालन गरेको हो ।

    कागजी रूपमा मात्रै सञ्चालनमा रहेको अदालतको काम अब सोमबारबाट डिजिटल रूपमा सञ्चालन भएको छ । सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम-सीएमएस) सञ्चालन गर्छ ।

    सर्वोच्च अदालतकै वेबसाइटमा आबद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि अब सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १७:२६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij