२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । मुस्ताङमा लेक लागेर एक जना तिर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका-२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।
उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिमिल्सिनाको आज मृत्यु भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij