२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाएको छ । उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको मूल्य बढाएको हो ।
संघ अध्यक्ष विनोद पोखरेलले मूल्य बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताएका छन् । पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ मूल्य बढाइएको छ । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।
उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने उनको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij