Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

सुनको मूल्यमा लगातार पहिरो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा लगातार पहिरो, आज कतिमा हुँदैछ कारोबार ?


  • 659
    Shares

    सुनको मूल्यमा लगातार पहिरो, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूल्य थप घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो । 

    जसअनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो । 

    तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो । 

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो ।   

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - ११:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij