२०८२ कार्तिक ४ गते मंगलवार
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले सत्ता राजनीति उलटफेर त भयो तर, त्यसपछि प्राप्त उपलब्धिको जस लिन जेनजी समूहले हानाथाप नै गरे । हामी नेपालका सुदन गुरुङ अग्र मोर्चामा देखिँदा अन्तरिम सरकार बनाउन भूमिका खेले । अहिले जेनजी समूहबाटै अनेकथरी पार्टी दर्ताको तयारी चर्चा भइरहेका छन् ।
जेनजी आन्दोलन त्यसबेला कुनै पार्टी थिएन । स्वतन्त्र नागरिक युवा आन्दोलन थियो । स्वतः रुपमा सडकमा ओर्लिएका जेनजी युवाको बलमा सत्ताउलटफेरले राष्ट्रिय राजनीति नै अस्थिर बनेको अवस्था छ । सुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ को चुनावलाई राजनीतिक निकास मानेको छ ।
राजनीतिक दलहरु सामान्य अवस्थामा फर्किदैछन् । तर, आन्दोलनबाट प्राप्त उपलब्धिको जस लिन दुई दर्जन बढि जेनजी समुह देखिएका छन् । ती समुहले सरकारमा सहभागिता, दल दर्तादेखि फागुन २१ को चुनाव बारे बहस गरिरहेका छन् । नेपाली उखानलाई जोड्ने हो भने, च्याउ झै मौलाएका छन्, जनेजी समुह । जेनजी समुह तितरवितर हुँदा आन्दोलनको औचित्य नै समाप्त हुने डर बढ्दो छ । तर सबैको ध्यान भने आगामी चुनाव छ । केहि चर्चित जेनजी अगुवाले छुट्टाछुट्टै पार्टी खोलेर अघि बढ्ने तयारी गरेका छन् ।
कसको कुन जेनजी पार्टी ?
अहिलेकै अवस्थामा कुन असली जेनजी हुन् भन्ने छुट्याउन ग्राहो नै छ । तर सतहमा देखिएका नाम हुन्, सुदन गुरुङ, मिराज ढुंगाना, रक्षा बम र प्रवेश दाहाल । चर्चामा रहका यी नामले आफ्नै नेतृत्वमा पार्टी गठन देखि दर्तासम्मको तयारी गरिरहेका छन् ।
कुन समूहमा को–को ?
–सुदन गुरुङ समूह
सुदन गुरुङ सुमहलाई जेनजीको बलियो समुहका रुपमा लिइन्छ । अन्तरिम सरकार गठन देखि नै अग्रभागमा रहेको हुनाले पनि सुदन समुह बलियो मानिन्छ । हामी नेपाल नेतृत्वकर्ता गुरुङले पार्टी खोल्न लागेको बताइन्छ । सुरु देखिन नै संगठित रुपमा लागेको यो समुहले सातवटै प्रदेशका संयोजक तोक्ने देखि ७७ वटै जिल्ला तथा स्थानीय तहसम्म संजाल विस्तार गरिरहेको छ । त्यस हिसावले पनि यो समुह बलियो देखिन्छ ।
गुरुङ सुमहको पछाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), अभियान्ता सागर ढकाल, पुर्वशिक्षामन्त्री सुमना श्रेष्ठ सहित कलाकार तथा निर्देशक निश्चल बस्नेतसम्मको ब्याकअप फोर्समा रहेको बताइन्छ । उसो त ढकालले सामाजिक संजाल मार्फत बैकल्पिक शक्ति एक ठाउँमा उभिुनपर्ने विश्लेषण सहितको अभिव्यक्ति दिएका छन् । अर्का कलाकार निश्चल बस्नेतले बालेन, सुमना र सुदन मिल्न राम्रो हुने प्रष्टीकरण दिएका छन् ।
–मिराज ढुगाना समूह
भदौ २३ को जेनजी आन्दोलनका लागि सिडिओ कार्यालयसंग अनुमति माग्ने तथा आन्दोलनको नेतृत्वकर्ता बताउने मिराज ढुंगानाले पार्टी खोल्ने घोषणा गरिसकेका छन् । कार्तिक १ गते अर्थात् शनिबार नयाँबानेश्वरको एक पाँचतारे होटलमा पत्रकार सम्मेलन गरेका मिराजले चुनाव भाग नलिने गरी पार्टी खोल्न लागेको बताए ।
उनले पार्टीको नाम र चुनाव चिन्ह बारे आन्तरिक छलफल गर्ने र त्यसपछि मात्रै सार्वजनिक गर्ने बताए । तर, पछिल्ला दिनहरुमा उनको हाउभाउ र तौरतरिकालाई लिएर यतिबेला आलोचना पनि भइरहेको छ । मिराज उनै व्यक्ति हुन्, जो भदौ २३ को आन्दोलन हिंसात्मक बन्दा केहि साता मौन बसेका थिए । सर्वत्र खोजी भएपछि सार्वजनिक भएका उनले छुट्टै पार्टी खोलेर अघि बढ्न लागेका हुन् । उनको पछाडी केहि अभियान्ता र जेनजी लिडर रहेको बताइन्छ ।
–रक्षा बम समूह
आफुलाई जेनजी लिडर भन्दै प्रधानमन्त्रीदेखि राष्ट्रपति कार्यालयमा सक्रियता देखाइरहेकी रक्षा बम पनि पार्टी गठनको तयारीमा छिन् । जेनजी लिडर प्रदीप ज्ञवाली र युजनराज भण्डारीको साथ पाएकी बम देशभरका जनेजीसंग संवाद र छलफलमा रहेको बताउछिन् । फागुन २१ को निर्वाचनमा सहभागि हुने लक्ष्य सहित बलले पार्टी खोल्ने तयारी गरेकी हुन् । संघ, प्रदेश र स्थानीयगरी तीनै तहका प्रतिनिधि समेट्ने उनको तयारी देखिन्छ ।
–प्रवेश दाहाल समूह
पाक पटुकताले सामाजिक संजालमा दोस्रो मदन भण्डारीको रुपमा चर्चा गरिएका प्रवेश दाहाल समुह पनि पार्टी खोल्ने तयारीमा रहेको बताइन्छ । आफुलाई जेनजी लिडरका रुपमा उभ्याएका दाहालसंग भदौ २३ को आन्दोलनका लागि सिडिओ कार्यालयसंग अनुमती माग्ने पुरुषोत्तम यादव निकट रहेका छन् ।
सार्वजनिक रुपमा संगसंग देखिने गरेको दाहाल र यादव मिलेर पार्टी गठनको तयारी गर्न लागेको बताइन्छ । यद्यपी यी दुबै जान जेनजी लिडरले सार्वजनिक रुपमा मिलेर जाुनपर्छ भन्ने अभिब्यक्ति दिदै आएका छन् ।
पीडित परिवारको छुट्टै व्यथा
जनेजी आन्दोलनमा ज्यान गुमाएका ७० बढिका परिवारको छुट्टैकथा र व्यथा छ । सरकार र जेनजीका अगुवाले व्यवास्था गरेको उनीहरुले गुँनासो पोख्ने गरेका छन् ।
आन्दोलनमा सर्वस्व गुमाएका पिडित परिवारको माग सम्बोधन र सहभागिता हुनेगरी पार्टी गठनु हुनुपर्ने पक्षमा छन् । बजारमा दर्जनौ जेनजी समुह सक्रिय हुँदा पिडित परिवारलाई अलसी जेनजी पहिल्याउन ग्राहो परेको छ । साथै ज्यानको बलिदान दिएर सहिद भएका जेनजीहरुको सपना पुरा नहुने हो की भन्ने आशंका बढ्दो छ ।
जेनजीको बलमा बनेको सरकार भएपनि पिडित र घाइतेका अनेकथरी समस्या छन् । न उनीहरुसंग सरकार संवादमा छ, न त जेनजीका अगुवा । चौतर्फी असहयोग महसुस गरिरहेका घाईते जेनजी तथा अगुवाले प्रधानमन्त्री भेट्न सिंहदरबार जाँदा समेत सास्ती खेप्नु परेको छ । विभिन्न समुह बनाएर प्रधानमन्त्री भेट्न सिंहदरबार पुग्ने गरेको घाइतेलाई प्रवेश गर्न धौधौ पर्ने गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij