२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।
विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने भएको छ ।
विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने भएको छ । किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ।
हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । इजरायली सेनाले शवको डीएनए परीक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij