Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

मेची भन्सारले ३ महिनामा सङ्कलन गर्‍यो सवा ४ अर्ब बढी राजस्व

मेची भन्सारले ३ महिनामा सङ्कलन गर्‍यो सवा ४ अर्ब बढी राजस्व


  • 323
    Shares

    मेची भन्सारले ३ महिनामा सङ्कलन गर्‍यो सवा ४ अर्ब बढी राजस्व
    images

    काठमाडौं। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको छ।

    पूर्वी नाका काँकडभिट्टामा रहेको भन्सार कार्यालयले यस अवधिमा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिएका छन्।

    सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार रुपैयाँभन्दा बढी सङ्कलन भएको छ। यसैगरी, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोडभन्दा बढी राजस्व उठेको छ।

    जेनजी आन्दोलनबाट प्रभावित भए पनि गत असोज महिनामा मात्रै भन्सारले मासिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँको लक्ष्य लिएकोमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ असुली गरी मासिक लक्ष्यको १०१ प्रतिशत सफलता हासिल भएको भन्सार कार्यालयले जानकारी दिएको छ।

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १०:४८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij