Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १२ घाइते

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १२ घाइते


  • 1.2K
    Shares

    कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १२ घाइते

    काठमाडौं । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा आइतबार दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा दानबहादुर साउद, हर्क साउद र शीतल साउद रहेका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन् ।

    ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जोराले बताएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १४:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij