Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

तीन महिनामा १८ प्रतिशत बजेट खर्च


  • 274
    Shares

    तीन महिनामा १८ प्रतिशत बजेट खर्च
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को सुरुवाती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८.५६ प्रतिशत खर्च भएको हो ।

    चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । जसमा असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१.७५ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ । यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको ४.७ प्रतिशत अर्थात् १ १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा २३.६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड बराबर खर्च भएको छ ।

    यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ भने यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म २ खर्ब ५३ अर्ब १८ करोड ७९ असुली भएको छ ।

    आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६.८३ प्रतिशत अर्थात् २ खर्ब ४९ अर्ब ५ करोड १४ लाख असुली भएको छ ।

    साथै, ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म ३.७६ प्रतिशत अर्थात् २ अर्ब ७२ लाख प्राप्ति भएको छ ।
     

     

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १३:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij