Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आईसीसी विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

आईसीसी विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा


  • 1.8K
    Shares

    आईसीसी विश्वकप लिग–२ : यूएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

    काठमाडौं । आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिएको हो।

    उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्। टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी समावेश छन्।

    साथै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले पनि टोलीमा स्थान पाएका छन्। अनिल शाह पनि टोलीमा फर्किएका छन्।

    यस सिरिजमा नेपालसँगै यूएई र अमेरिका सहभागी हुँदैछन् ।

    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - २०:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij