२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरु रहेको व्यवसायीहरुले बताएका छन् ।
१८ औं संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरु उपलब्ध रहेको आयोजकले जनाएको हो । गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरु पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरुको भनाइ छ ।
फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरु उपलब्ध रहेको बताए। उनले गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको जानकारी दिए।
दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरु आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्की बताउनु हुन्छ । चाड पर्वहरुमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको बताउँदै व्यवसायी कार्कीले आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरु रहेको जानकारी दिए।
घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरु यस मेलामा उपलब्ध रहेको अर्का फूल व्यवसायी कृष्णराम थापाले बताए। यो मेला पुष्पमा रमाउने मानिसहरुले छुटाउन नहुने उहाँको सुझाव छ । प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरु पाइने उनको भनाइ छ ।
फूल फुल्ने, फूल नफुल्ने र फलहरु गरी तीन प्रजातीका विरुवाहरु आपूmसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी शुसील खड्काले बताए। प्रदर्शनी प्रतिष्पर्धात्मक भन्दा व्यापारिक प्रयोजनका लागि भएको बताए । आफूसँग सयदेखि पचास हजारसम्मका बिरुवाहरु उपलब्ध रहेको बताउँदै उहाँले आपूmसँग पच्चिसदेखि तीस प्रजातिका बिरुवाहरु उपलब्ध रहेको बताउए ।
असोज २९ देखि शुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ । साथै एक करोड तीस लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij