२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको छ । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुने भएको छ ।
बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ भने मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij