२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिएका हुन् ।
एजेन्डाको पहिलो नम्बरमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ भने तेस्रो एजेन्डा प्रतिनिध सभा विघटन र घोषित फागुन २१ को निर्वाचन सम्बन्धमा रअेको छ ।
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ ।
संस्थापन नियमित महाधिवेशन गर्न राजी छ तर, मंसिरमा विधि र प्रक्रिया पुर्याइ नियमित महाधिवेशन गर्न समय अपुग हुने बताइरहेको छ । यसैबीचमा १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन लागेको हो ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij