Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको तयारी चल्दै गर्दा, प्रमुखको कार्यालयमा बढाइयो सुरक्षा

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको तयारी चल्दै गर्दा, प्रमुखको कार्यालयमा बढाइयो सुरक्षा


  • 379
    Shares

    मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको तयारी चल्दै गर्दा, प्रमुखको कार्यालयमा बढाइयो सुरक्षा
    images

    काठमाडौं । मधेस प्रदेश प्रमुखको कार्यालयमा बुधबार एकाएक सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको हो । मुख्यमन्त्रीमा दुई पक्षबाट दाबी परेपछि नियुक्तिमा अन्योल थपिएको छ ।

    यसै सन्दर्भमा दल बलसहित दलहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । सम्भावित झडपलाई मध्यनजर गर्दै प्रदेश प्रमुख कार्यालय आसपास सुरक्षा बढाइएको हो ।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश सभा सदस्यलाई आह्वान गरेकी थिइन् । दाबी पेस गर्न बुधबार दिउँसो ४ बजेसम्मको समय दिइएको थियो ।

    सोही अनुसार लोसपा नेपालका जितेन्द्र सोनलले प्रदेश सभाका ५६ सांसदको समर्थनसहित दाबी पेस गरेका छन् भने नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णकुमार यादवले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि पत्र पेस गरेका छन् ।

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १७:२१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij