Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ: प्रचण्ड

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ: प्रचण्ड


  • 1.1K
    Shares

    ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ:  प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डुले एमालेसँगको सम्भावित एकता बारे बोलेका छन्। 

    धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताएका हुन्। 

    अबको माओवादीको लाइन भनेको चुनाव हो  उनले भने। उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियाअघि बढ्ने जानकारी प्रचण्डले दिए।

    एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।

    कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए। अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने भुझ्नु भएको छु उनले भने। 

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १६:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij