Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

देश प्रतिक्रान्तितर्फ धकेलिएको छ: अध्यक्ष ओली

देश प्रतिक्रान्तितर्फ धकेलिएको छ: अध्यक्ष ओली


  • 456
    Shares

    देश प्रतिक्रान्तितर्फ धकेलिएको छ: अध्यक्ष ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै  ओलीले देशलाई प्रतिक्रान्तितिर लैजानबाट रोक्नुपर्ने बताएका छन् ।

    ओलीले सम्बोधनको सुरुमै भने, ‘यदि हामीले प्रभावकारी रोक्न सकेनौ भने देश त्यतातिर धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ।’ ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्नेछ ।’

    ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताएका छन् । उनले जेनजी आन्दोलनमा एमाले प्रहारको निशाना बनेको पनि बताएका छन् ।

     ‘हामी प्रहारको बढी निशानामा परेका छौ’, ओलीले भने, ‘किन निशाना परेका छौँ रु हामीले नराम्रा काम र नराम्रा नीति लिएर हो र, होइन । हाम्रा नीतिहरू राम्रा भएर हो ।’

    उनले नेपाली कम्युनिस्ट आन्दोलन र नेकपा एमाले भन्दा के बुझ्छौ भन्दै एमाले स्थापनाकालदेखि कम्युनिस्ट आन्दोलनको मूलधारमा रहँदै आएको बताए । 

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १२:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij