Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राप्रपामा झन् विवाद चर्किंदै, दुई महामन्त्रीद्वारा कार्यसम्पादन समितिको बैठक बहिस्कार

राप्रपामा झन् विवाद चर्किंदै, दुई महामन्त्रीद्वारा कार्यसम्पादन समितिको बैठक बहिस्कार


  • 1.1K
    Shares

    राप्रपामा झन् विवाद चर्किंदै, दुई महामन्त्रीद्वारा कार्यसम्पादन समितिको बैठक बहिस्कार

    काठमाडौं । राप्रपाका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । ४ बुँदे माग अघि सार्दै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक बाहिस्कार गरेका हुन् ।

    उनीहरुले विधानबमोजिम महाधिवेशन सम्पर्क गर्न महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने,  निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने उनीहरुको माग रहेको छ ।

    यही जानकारीसहित महामन्त्रीद्वयले अध्यक्षलाई पत्र बुझाएर बैठक बहिस्कार गरेको एक नेताले जानकारी दिएका छन् । 

    rpp-bibad.jpg


     

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ११:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij