२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । पुँजीबजार सुधारका लागि गठित कार्यदलको सिफारिस अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका कार्ययोजना सार्वजनिक गरेको छ ।
सेबोनले तयार पारेको कार्ययोजनामा मार्जिन कारोबार प्रणाली कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत लागू गरिने उल्लेख छ । संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था तुरुन्त लागू गर्ने भनिएको छ ।
दुई वा बढी हितग्राही खाता खोल्न दिने प्रक्रिया कात्तिक १५ भित्र सम्पन्न गरिने र भुक्तानी असमर्थता वा ढिलाइ हुँदा देखिने दायित्व तथा प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान मंसिर १५ सम्म एकरूप बनाइने उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij