Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता

अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता


  • 246
    Shares

    अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता
    images

    काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मंगलबार विश्व बैंक समूहका प्रबन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उपप्रबन्ध निर्देशक बो लीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री खनालले बेजर्डे र लीसँग भेटवार्ता गरेका हुन्।

    बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेनजी समूहको प्रदर्शनपछि बनेको सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनुका अतिरिक्त सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्नु रहेको बताएका छन्। 

    विश्व बैंक समूहले नेपालको विकास प्रयासमा गरिरहेको सहयोगप्रति धन्यावद व्यक्त गर्दै खनालले आगामी दिनमा बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरेका छन्।

    भेटमा विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डेले अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक भएको उल्लेख गर्दै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए।

    अन्तर्राष्ट्रिय मुद्रा कोषको उपप्रबन्ध निर्देशक लीसँगको भेटमा अर्थमन्त्री खनालले अन्तराष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा सञ्चालित विस्तारित कर्जा सुविधासम्बन्धी बाँकी सुधारका कार्यलाई अघि बढाइने र आगामी दिनमा कोषसँगको सहकार्य मजबुत बनाइने उल्लेख गरेका छन्।

    आजै अर्थमन्त्री खनाले नेपाल अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लगानीयोग्य वातावरण निर्माण गर्न सरकार दृढ रहेको जानकारी दिएका छन्। 

    अर्थमन्त्री खनालले कर कानुनका विषयमा आर्थिक ऐन तर्जुमा हुने क्रममा पर्याप्त छलफल गरी टुंगो लगाइने र अन्य विषयमा समेत पर्याप्त अनुसन्धान र विकासका माध्यमबाट नीतिगत र कानुनी सुधार गरिने बताएका छन्।

    आजै अर्थमन्त्री खनालले विश्व बैंक समुहका दक्षिण एसिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग भेट गरी हाल विश्व बैंकका तर्फबाट नेपालमा सञ्चालित विकास आयोजना र तीनको कार्यान्वयनमा क्रममा देखिने गरेका समस्याका विषयमा छलफल गरेका छन्।

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १३:४९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij