Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्थामा कडाइ, देउवा पहिलोपटक सहभागी हुँदै

कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्थामा कडाइ, देउवा पहिलोपटक सहभागी हुँदै


  • 1.1K
    Shares

    कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्थामा कडाइ, देउवा पहिलोपटक सहभागी हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् ।

    जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्न लागेको हो । बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

    कार्यालय प्रवेश गर्ने मुख्य ढोका भन्दा बाहिर नै भित्र प्रवेश गर्नेहरूलाई प्रहरीले जाँच गरेको छ । सञ्चारकर्मीहरूलाई पनि सूचना विभागको पासको आधारमा प्रवेशको व्यवस्था मिलाइएको छ ।

    नेताहरूका गाडीलाई बाहिर राखिएको छ । बाहिरै ‌ओर्लिएर नेताहरू हिँडेर कार्यालय प्रवेश गरेका छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।

    con1.JPG

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १३:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij