Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक हुँदै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक हुँदै


  • 834
    Shares

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेरबहादुर देउवा ३४ दिनपछि सार्वजनिक हुँदै

    काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

    जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ ।

    केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् ।

    बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुमाथि आक्रमणसँगै घरमा आगजनी गरिएपछि आफन्तकोमा बस्दै आएका छन् ।

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १०:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij