Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सन्दीप एक्लैले पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित

सन्दीप एक्लैले पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित


  • 372
    Shares

    सन्दीप एक्लैले पाँच विकेट लिएपछि कतारमाथि नेपालको रोमाञ्चक जित
    images

    काठमाडौं । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।

    ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा गएराति भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

    नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । योसँगै लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा २५०औं विकेट पूरा गरेका छन् । ओडिआईमा १२७ विकेट लिएका उनको टी-२०आईमा पनि १२७ विकेट पुगेको छ । करियरको दोस्रो ५ विकेटको प्रदर्शन गरेका सन्दीप ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए । त्यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे ।

    यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीनरतीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो ।

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - ०६:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij