Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन


  • 281
    Shares

    लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपाबाट मधेस सरकारमा सहभागी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीबाट राजीनामा दिएसँगै आज उसले समर्थन फिर्ता लिएको हो ।

    शर्माले आजै मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

    पार्टीको निर्देशन नमानेपछि जनमतबाटै एक्लिएका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि (मंगलबार) विश्वासको मत लिँदै छन् । सिंहले विश्वासको मत लिने प्रयोजनका लागि भोलि दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

    यसअघि, नेपाली कांग्रेस, नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । एमाले र जनमतको समर्थनमा  कांग्रेसले सरकारमा दाबी पेस पनि गरिसकेको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १७:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij