Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

३ महिना बित्न लाग्दा पनि बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

३ महिना बित्न लाग्दा पनि बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर


  • 1.1K
    Shares

    ३ महिना बित्न लाग्दा पनि बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को बजेट आएको करिब ३ महिना बित्न लाग्दा पनि कार्यान्वयन अवस्था गत वर्षको भन्दा कमजोर देखिएको छ। सुस्त सरकारी कार्यशैली र पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत मात्रै उठाउन सकेको छ भने अघिल्लो वर्षको यसै अवधिमा १६.६६ प्रतिशत राजस्व उठाइसकिएको थियो।

    खर्च प्रणाली पनि उस्तै कमजोर देखिएको छ। असोज महिना सकिन लाग्दा अहिलेसम्म सरकारले कुल बजेटको १७.२ प्रतिशत मात्र खर्च गरेको छ। गत वर्ष यही अवधिमा १७.६८ प्रतिशत खर्च भएको थियो। यस वर्ष चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत खर्च भए पनि विकास बजेट (पुँजीगत) विनियोजितको ८ प्रतिशत मात्रै खर्च भएको छ।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १६:४८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij