Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

दुई महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात, ११ अर्ब १८ करोड राजश्व सङ्कलन

दुई महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात, ११ अर्ब १८ करोड राजश्व सङ्कलन


  • 1.3K
    Shares

    दुई महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात, ११ अर्ब १८ करोड राजश्व सङ्कलन

    काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

    कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८.५६ प्रतिशत रहेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिएका छन् ।

    ‘यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने ६ अर्ब १४ करोड अर्थात् १५.६८ प्रतिशत रहेको छ ।’ 

    त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने रु दुई अर्ब ५४ करोड अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट रु एक अर्ब ९८ करोड अर्थात् ५.०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ ।
     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - ११:४७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij