Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइयो, अब कति ?

डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइयो, अब कति ?


  • 1.4K
    Shares

    • images
    डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइयो, अब कति ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घटाएको छ।

    केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घटाएको हो।

    यसअघि प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँ रकम झिक्न पाउने व्यवस्था रहेको थियो । अब बैंक तथा वित्तीय संस्थाहरुबाट जारी डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँ, प्रतिदिन रकम ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँसम्म रकम झिक्न पाइने भएको छ।

    राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डको कारोबार रकम सीमा भने यथावत नै राखेको छ। जसअनुसार प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन रकम २० हजार रुपैयाँ प्रतिमहिना २ लाख रुपैयाँ झिक्न पाइन्छ।

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १८:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij