Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मेरा विगतका मन्तव्य ज्योतिषीले भनेजस्तै भए : प्रचण्ड

मेरा विगतका मन्तव्य ज्योतिषीले भनेजस्तै भए : प्रचण्ड


  • 1.0K
    Shares

    मेरा विगतका मन्तव्य ज्योतिषीले भनेजस्तै भए : प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विगतका मन्तव्य ज्योतिषीले भनेजस्तै ठ्याक्कै मिल्दै गएको दाबी गरेका छन् ।

    काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताउँदै राष्ट्रको स्वाधिनतामा जोड दिए । “विगतका आफ्नै मन्तव्य सुन्दा ज्योतिषीले भनेजस्तो भएको छ,” उनको टिप्पणी थियो ।

    “अब राष्ट्रिय सहमतिबाट चुनावमा जानुपर्छ । अहिले पनि अहंकार गरेर एकले अर्कालाई दोषारोपण गरियो भने जनता र राष्ट्रको लागि दुर्भाग्य हुन जान्छ,” उनको भनाइ थियो । उनले तीन पार्टीका तीन नेता उस्तै भन्ने भाष्य नै गलत भएको टिप्पणी गरे ।

    “राष्ट्रिय सहमति कायम गरेर जाऔँ । एउटा भाष्य बनेको देख्दा चित्त दुखेको छ । तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने भाष्य बनाइएको छ । हामीलाई चित्त पनि दुखेको छ,” उनले भने, “सरकारमा हुँदा दलाल भत्काउने पनि र संविधान मिचेर सरकार बनाउने पनि उस्तै हुन्छन् ? ”

    उनले नेतृत्व छोड्न तयार भएँ भन्ने र नेतृत्व ज्यान जाला छोड्दिन भन्नु उस्तै हो त ? भनी प्रश्न पनि गरेका थिए ।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १४:२४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij