Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एमाले सचिवालयको बैठक भक्तपुरको गुण्डुमा सुरु

एमाले सचिवालयको बैठक भक्तपुरको गुण्डुमा सुरु


  • 400
    Shares

    एमाले सचिवालयको  बैठक भक्तपुरको गुण्डुमा सुरु
    images

    काठमाडौं ।  नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा केहीबेरअघिमात्र बैठक सुरु भएको हो ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने सो पार्टीले जनाएको छ ।

    त्यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नु भएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने बताइएको छ । 

    अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै उक्त सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गर्न पार्टीले पहल गर्ने बताएका छन् ।

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १२:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij