२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बाेलाएका छन् । अहिले ११ बजेदेखि भर्चुअल बैठक सुरु भएको सो पार्टीका महासचिव केशव झाले बताए ।
बाटोघाटोको असुविधाका कारण भर्चुअल बैठक बस्न लागेको उनले बताए । बैठकमा पार्टी एकता, मोर्चा र गठबन्धनको विषय, जेनजी आन्दोलन, चुनावी तयारी, आर्थिक समितिको प्रतिवेदन कार्यान्वयन, लेवी सङ्कलन, स्वघोषणाको भुक्तानी गर्ने तथा आर्थिक सहयोग सङ्कलन, पार्टी विधान अनुसारको सङ्गठन विस्तार लगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।
आज कार्यकारिणी समितिको बैठक सम्पन्न भएपछि भोलि केन्द्रीय समितिको बैठक बोलाउने महासचिव झाले बताए । केन्द्रीय समितिको बैठक पनि भर्चुअल बस्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij