Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली

सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली


  • 1.1K
    Shares

    सुशीला कार्कीको डरले म भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नचम्किनू : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे ।

    उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

    संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन-जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

    उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ । पासपोट रोक्ने रे, मलाई काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो ?’

    उनले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताए । अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिए ।

    ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, ओलीको भनाइ थियो ।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १३:५४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij