Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कांग्रेस पदाधिकारी बैठक सुरु

कांग्रेस पदाधिकारी बैठक सुरु


  • 428
    Shares

    कांग्रेस पदाधिकारी बैठक सुरु
    images

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सुरु भएको हो ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति खड्काको अध्यक्षतामा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

    दिउँसो एक बजेका लागि बोलाइएको बैठक आधा घण्टा ढिलो गरी सुरु भएको छ । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । 

    कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएको नेताहरूले बताएका छन् ।

    बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा.शेखर कोइराला पनि सहभागी छन् ।

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १३:४८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij