२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका ६ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका ४ करोड ३३ लाख ५७ हजार ५ सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका २ करोड ३५ लाख २३ हजार ५ सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरीले आर्थिक वर्ष २०८१\८२ को साउन र भदौ महिनामा भने भन्सार छली गरेका ७ करोड १० लाख २१ हजार ८ सय ६१ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको थियो ।
त्यसैगरी गत आर्थिक वर्ष २ महिनामा १ करोड ९२ लाख ५३ हजार ६ सय ८७ मूल्य पर्ने बिलविजकभन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजकभन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij