Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने

कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने


  • 652
    Shares

    कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालयमै बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठक पार्टी कार्यालयमै बस्ने तय भएको जानकारी दिए। 

    ‘आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक दिउँसो १ बजे बस्दैछ। बैठक पार्टी कार्यालयमै बस्ने तय भएको छ’ उनले भने। 

    यसअघि बुधबार सभापति शेरबहादुर देउवाले आजका लागि बैठक आह्वान गरेका थिए। बैठक कहाँ बस्ने भन्ने सार्वजनिक भएको थिएन्। कांग्रेस नेताहरुका अनुसार आजको बैठक हिमालयन होटल ललितपुरमा बस्ने तय भएको थियो। 

    ‘सुरक्षा र स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सभापति बैठकमा सहभागी नहुने भन्ने कुरा आयो। त्यसपछि कोषाध्यक्षको निवास मा बस्ने कि भन्ने पनि कुरा भएको थियो,’ कांग्रेसका एक पदाधकारीले  भने, ‘त्यहाँ पनि सुरक्षालाई ध्यान दिँदै पार्टी कार्यालयमै बैठक बस्ने भनिएको छ।’

    कांग्रेस केन्द्रीय कार्यालय पनि भदौ २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त भने छ। 

    देउवा आफैँले बोलाएको बैठकमा पनि सहभागी नहुने भएपछि आजको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्।  
    जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज (बिहीबार) दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका थिए। 
     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १२:५९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij