Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्ने सुवर्ण अवसर !

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्ने सुवर्ण अवसर !


  • 365
    Shares

    दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्ने सुवर्ण अवसर !
    images

    काठमाडौं । देशभर झिलिमिली तथा उजेलीको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । पहिलोपटक, यो सेल अक्टोबर ९ (असोज २३)को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ । 

    यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ । 

    दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ । तिहारको तयारीमा व्यस्त होइने यस समयमा, उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफरहरू, र आकर्षत मूल्य मार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नु हुनेछ । महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरू सिताफिल र रोह्टोले ४०% सम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईविबी, ब्राण्डहाउस र मारिकोले ६०% सम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ ।

    यसै क्रममा, दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १००% असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ । दराजमल मार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुती पाउनेछन् ।

    तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ ब्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।  

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १२:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij