२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व छाड्न अस्वीकार गरेका छन्। एमाले जिल्ला अध्यक्षहरुका लागि आयोजना गरिएको भर्चुअल बैठकमा ओलीले तत्काल नेतृत्व नछाड्ने बताएका हुन् ।
एक जिल्ला अध्यक्षका अनुसार ओलीले शारीरिकरूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने बताएका छन् । सक्न छाडेपछि नेतृत्व छोडिदिन्छु ।’
ओलीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा व्यापक घुसपैठ भएको बताउँदै आएका छन् भने उनले जेनजी युवामाथि गरिएको दमन र राष्ट्रिय सम्पदामाथि भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। अन्तरिम सरकारले फागुन २१ गते चुनाव गराउने घोषणा गरिसकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij