२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण सरकारले विकास ऋणपत्र जारी गर्दै उठाउने भएको हो।
विकास ऋणपत्र २०८९ नाम दिइएको यो ७ वर्षे परिपक्व अवधि रहेको छ । ऋणपत्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिने भएको छ ।
ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । ऋणपत्र खरिद गर्न चाहाने इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नु पर्नेछ ।
ऋणपत्रको सावाँ भुक्तानी २०८९ असोज २३ गते हुने भएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्ने छ । यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन वा दिन समेत सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij