Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, करिब १५ अर्ब आर्जन

दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, करिब १५ अर्ब आर्जन


  • 1.0K
    Shares

    दैनिक एक हजार मेगावाट विद्युत् निर्यात,  करिब १५ अर्ब आर्जन

    काठमाडौं । देशभित्र खपत गरी बढी भएको विद्युत् दैनिक रूपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।

    भारतीय ऊर्जा एक्सचेन्जको रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको हो । 

    भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १२:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij