Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न आठ लाख सङ्कलन

भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न आठ लाख सङ्कलन


  • 645
    Shares

    भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न आठ लाख सङ्कलन
    images

    काठमाडौं । पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिरको पुनःनिर्माणका लागि दसैँको अवसरमा आठ लाख भन्दाबढी सहयोग सङ्कलन भएको छ ।

    दसैँको घटस्थापनायता मन्दिरमा पूजाआजाका लागि आएका दर्शनार्थीबाट मन्दिरको पुनःनिर्माणका लागि आठ लाख तीन हजार सहयोग सङ्कलन भएको श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका कार्यालय सचिव सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

    विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोर्खा भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको उक्त मन्दिरको यस अघि सामान्य मर्मत मात्रै भए पनि पुनःनिर्माण हुन सकेको छैन । दुईवर्ष वर्ष पुरानो मन्दिर क्षतिग्रस्त बनेपछि समितिले यसको पुनःनिर्माणका लागि विस्तृत गुरुयोजना तयार गरी अघि बढेको समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार मन्दिरसहित परिसर क्षेत्रका विभिन्न संरचना पुनःनिर्माणका लागि १० करोड अनुमान गरिएको छ । यसबीचमा मन्दिरको प्रदक्षिणापथ, धर्मशाला लगायतका निर्माणकार्य अघि बढेको उनले जानकारी दिए ।

    उनका अनुसार मन्दिरको पुनःनिर्माणका लागि पित्तलको छाना राख्ने की भन्ने योजना भए पनि पुरातत्व विभागबाट ढुङ्गाको छाना राख्नुपर्ने कुरा आएको छ । समितिले मन्दिरको स्वामित्वमा रहेको जग्गा संरक्षणका योजना अघि बढाएको छ । मन्दिर स्थापनाको इतिहास खोतल्दा विसं १९०१ मा रामचन्द्र खत्रीले गणेश मन्दिरको स्थापना गरेको र विसं १९०३ मा गुठीको लालमोहर प्राप्त गरी मन्दिरको नित्य पूजाआजा गर्ने गरिएको पाइन्छ ।

    मन्दिर परिसरमा राखिएको अभिलेखमा स्व बुद्धिमान ढेवाजु तथा कालीदास ढेवाजुले भद्रकाली माताको प्रतिमा काठमाडौँबाट ल्याई मन्दिरको निर्माण गरी नित्य पूजाआजा सञ्चालन गराएको उल्लेख छ ।

    वरपर जङुगलले घेरिएको ढिस्को र माथि मन्दिर रहेका कारण दर्शन र वरपरको दृश्यावलोकन गर्न पनि पर्यटक भद्रकाली मन्दिर आउने गरेका छन् ।

    वरपर जङ्गलले घेरिएको ढिस्को भएका कारण मन्दिरमा पुग्न फेदीबाट दुई बाटो रहेकामा पूर्वी भागबाट २९२ सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ । प्रत्येक वर्षको आश्विन शुक्लपक्ष र चैत शुक्लपक्षका साथै बाला चतुर्दशीमा मन्दिर परिसरमा विशेष मेला लाग्ने गरेको मन्दिरका पुजारी कृष्ण काफ्लेले जानकारी दिए ।

    दसैँको घटस्थापनादेखि नै यस अवधिभर दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थीले मन्दिरको दर्शन गररेको उनले बताए । 

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - ११:२६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij