Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

१३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द (विवरणसहित)

१३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द (विवरणसहित)


  • 575
    Shares

    १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द  (विवरणसहित)
    images

    काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो ।

    ऊर्जा मन्त्रालयका अनुसार ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला,जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको छ । त्यस्तै पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् भने निर्माणाधीन ५ हाइड्रो पावरमध्ये ४ वटाको उत्पादन डिले हुने मन्त्रालयले जानकारी दिएको छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द भएको जनाएको छ ।

    553905483_1325650321808394_1669240301555562335_n_uq1RsZdfGR.png

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - ०६:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij