Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी, नेतृत्वमा को–को ?

आज कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी, नेतृत्वमा को–को ?


  • 708
    Shares

    आज कुलमानसँग छलफल गर्दै उज्यालो नेपाल पार्टी, नेतृत्वमा को–को ?
    images

    काठमाडौं । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टी (उनेपा)ले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग आज छलफल गर्दैछ ।

    उनेपाका अध्यक्ष ज्ञानेन्द्र कुमार तामाङ आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको बताउँछन् । ‘कसरी, कुन तरिकाले जाने ? कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिराखेको छ’ अध्यक्ष तामाङले भने, ‘यही क्रममा आज साँझ मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्ने तय भएको छ ।’

    साँझ ७ बजेदेखि ९ बजेसम्म भर्चुअल रुपमा छलफल गर्ने तय भएको उनले जानकारी दिए । त्यसमा उनेपाका पदाधिकारीहरू र कुलमानसहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए ।

    उनका अनुसार दल निर्माणका लागि देश/विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ । यसक्रममा कुलमान घिसिङको समेत उपस्थितिमा  आज ‘जुम मिटिङ’ गर्न लागिएको हो । छलफलमा पार्टीको घोषणापत्रको मस्यौदाका सम्बन्धमा समेत छलफल हुने अध्यक्ष तामाङले बताए ।

    उनका अनुसार उज्यालो नेपाल अभियान, पार्टीको अवधारणा पत्रको पहिलो ड्राफ्ट तयार भएको छ । छलफलका क्रममा आएका सुझाव समेट्दै संशोधन, व्याख्या एवं पार्टीका एजेन्डा र कार्यक्रमहरू थप्दै जाने तयारी छ ।

    उज्यालो नेपाल पार्टीमा को–को छन् ?

    उनेपाको अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन् । यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को कार्यालय सदस्य थिए ।

    पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए ।

    ‘उज्यालो नेपाल अभियान’मा सक्रिय भएकाहरुले दल दर्ताका लागि निर्वाचन आयोगमा कागजपत्र बुझाइसकेका छन् । त्यसमा उल्लेख भएअनुसार उनेपाका पदाधिकारीहरु यी हुन्–

    राष्ट्रिय अध्यक्ष– ज्ञानेन्द्र कुमार तामाङ

    उपाध्यक्ष– नारायण प्रसाद पाण्डे

    उपाध्यक्ष– रमेश प्रसाद थपलिया

    उपाध्यक्ष– सागर पाण्डेय

    महासचिव– प्रशान्त केसी तिमल्सिना

    उपमहासचिव– भुवन नारायण तामाङ

    कोषाध्यक्ष– विमला तामाङ

    सचिव– पुनम तामाङ, सविना बुढाथोकी, विमला स्याङतान, कान्छाकाजी तामाङ र सचिन्द्र कुमार तामाङ ।

    प्रकाशित मिति :आश्विन १७ २०८२ शुक्रवार - १०:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij