२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसीरका विशेष महाधिवेशन गर्ने भएको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले केन्द्रिय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिएका हुन् ।
बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ । बैठकले जेनजी आन्दोनलको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने पनि भएको छ ।
माओवादी केन्द्रले नेताहरुको सम्पन्न छानविन गर्नका लागि सम्पत्ति छानविन आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानविन समिति बनाएर नेताहरुको सम्पती छानविनको काम शुरु गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी केन्द्रिय कार्याल, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij