Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

विजय र सानुमाया आर्मीको वर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत

विजय र सानुमाया आर्मीको वर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत


  • 974
    Shares

    विजय र सानुमाया आर्मीको वर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत
    images

    काठमाडौं । नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभूवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ ।  

    प्रधान सेनापति ट्रफी २०८२ को समापनको अवसरमा शुक्रवार आर्मीले क्लबका खेलाडीद्वय उसुका विजयलाई पुरुषमा र करातेकी सानुमायालाई महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो ।

    गत वर्ष पाएका सफलताका आधारमा आर्मीले आफ्ना विभागका दुई खेलाडीलाई सम्मान ग¥यो । विजयले जापानमा भएको तेस्रो थाउलो विश्वकपमा काँस्य पदक जितेका थिए । सानुमायाले भने श्रीलंकामा भएको नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल कातामा रजत पदक जितेका थिए । उनै विजय र सानुमायालाई आफ्नै विभागले शुक्रवार सम्मान ग¥यो । 

    प्रधान सेनापति ट्रफीको समापन समारोहमा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले विजय र सानुमायालाई अजयबल ट्रफी र २५ हजार नगद पुरस्कारसहित सम्मान गरे । गत भदौ १७ देखि शुरु प्रधानसेनापति कपमा कुल १४ वटा टोलीले प्रतिष्पर्धा गरेका थिए ।

    उक्त ट्रफीमा उपत्यका पृतना प्रथम र श्री नम्बर १६ बाहिनी अड्डा दोस्रो भयो । गणतर्पm पुरानो गण पहिलो र श्री जगदल गण दोस्रो हुन सफल रहे । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वप्रधानसेनापति र बलाध्यक्षलगायतले खेलाडीहरूलाई पुरस्कृत गरेका थिए । 

    सो अवसरमा उत्कृष्ट रेफ्रीलाई पनि सम्मान गरिएको थियो । ट्रफीमा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलल गरी कुल आठ खेलमा प्रतिष्पर्धा भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा उक्त समापन कार्यक्र भएको हो । 

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १६:५९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij