Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

गोरखाको बगुवामा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदैँ

गोरखाको बगुवामा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदैँ


  • 2.1K
    Shares

    गोरखाको बगुवामा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदैँ

    काठमाडौं । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ५ बगुवामा यही असोज १४ र १५ गते भलिबल प्रतियोगिता हुने भएको छ । 

    नेपालीहरुको महान् पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा भिमसेनथापा गाउँपालिका अन्तर वडा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

    बगुवा खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिताको सहयोगी संस्थाको रुपमा समुन्नत युवा क्लब रहेको समितिका अध्यक्ष बिजन बरामले जानकारी दिए ।

    राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न हुन गईरहेको अन्तर वडा भलिबल प्रतियोगितामा उपस्थितीको लागि आयोजकले सामाजिक सञ्जाल मार्फत आव्हान गरेको छ ।

    552816404_1577014966612591_1298022418530101082_n (1).jpg

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १७:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij