Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन

नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन


  • 1.1K
    Shares

    नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन
    images

    काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीवार आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् । 

    उनकाअनुसार सो पार्टीको दर्ता नम्बर ४७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उनको भनाई छ । नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुकका बीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उनले बताएका छन् । 

    देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशिलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरु भेला भएर एक मूलधारको राजनितिक दल स्थापना गरिएको उनको भनाई छ ।
     
    उनले भने, ‘हामी निर्वाचन आयोगमा आएर नेपाल नागरिक पार्टी दर्ता गर्नको लागी निवेदन दिएका छौँ । हाम्रो दर्ता नम्बर ४७७ रहेको छ । यसको पुरै प्रक्रिया पूरा हुन केही समय लाग्छ । हामी निरन्तर प्रक्रियामा रहन्छौँ ।’ 

    राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताएका छन् । २१ औँ शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उनको भनाई छ । राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरुको मान्यता रहेको उनले बताएका छन् । 

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १६:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij