Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन


  • 7.2K
    Shares

    पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन
    images

    काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । ९५ वर्षीय स्वाँरको बिहीबार बिहान निधन भएको हो ।

    पारिवारिक स्रोतका अनुसार काठमाडौंको बानेश्वरस्थित घरमै उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

    राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहनु भएका स्वाँर केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त हुनुभएको थियो । थापथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका स्वाँर कोरोना संक्रमणमुक्त भएपछि हिजो (बुधबार) मात्रै डिस्चार्ज हुनुभएको थियो ।

    स्वाँर २०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकार हुँदा गृहमन्त्री हुनुभएको थियो । उहाँका दुई छोरा र चारजना छोरी छन् ।

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १३:४०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij