२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन्।
बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने उनको धारणा रहेको छ । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि बताएका छन्।
उनले अहिले सरकार राजनीतिक दलहरुसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिएका छन् । उनले जेनजी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भस्र त्रुटी भएको समेत बताएका छन् ।
उनले सुरक्षा निकायले युवाहरुमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको आरोप लगाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij